अनुहार हेरेरै कसरी थाहा पाउने कुन अंगमा के समस्या छ ? – Nepal Press

अनुहार हेरेरै कसरी थाहा पाउने कुन अंगमा के समस्या छ ?

काठमाडौं । अनुहार हेरेरै थाहा पाउन सकिन्छ शरीरको कुन अंगमा के समस्या छ । मानव शरीरका हरेक अंग अनुहारका आखाँ, नाक, कान, मुख, गाला र छालासँग जोडीएका हुन्छन् । यसै कारणले विज्ञ तथा डाक्टरले अनुहारको दाग धब्बा, डण्डीफोर, नाक, मुख, आँखा तथा छालाको अवस्था हेरेरै शरीरको कुन अंगमा के समस्या छ बताइदिने गर्दछन् । विशेषज्ञले अनुहार हेरेरै रोग अथवा समस्या पत्ता लगाउनुलाई फेस म्यापिङ भनिन्छ ।

सामान्यतया अनुहारमा देखिने डण्डीफोर, दाग, धब्बा, कालोपन, मुसा तथा कोठी भनेका रोगका बाहिरी लक्षण अथात संकेत हुन् ।

नाकमा डन्डीफोर आउने

उच्च रक्तचाप भएको नाकमा चिलाउने डन्डिफोर आउने गर्दछ । जसको मतलब रगतमा खराबी भएको मान्निछ । यो धुम्रपान, मध्यपान तथा अत्याधिक चियाको सेवनले हुने गर्दछ ।

रातो नाक

अनुहाको रंगभन्दा रोतो नाक भएमा शरीरमा सुगर तथा बोशो बढेको भन्ने बुझ्न सकिन्छ । मैदाबाट बनेको खानेकुरा बढि र पानिको कमीले यस्तो समस्या देखिने गर्दछ ।

आखाँ

आखाँको भागमा आएको परिर्वताले मानिसको खानपिनको अवस्थालाई बताउछ । आखाँको वरिपरी कालो घेरा भए निन्द्रा नपुगेको, वरिपरी रोतो भएमा सुगर बढेको, आखाीँ भौं र परेला बिचको मासुमा मोटो र पातलो भएमा खानाको समय नमिलेको बुझ्न सकिन्छ ।

छाला र गाला

अनुहारको दाहिने तिरको गालामा डन्डिफर आएमा धुम्रपान सेवन तथा स्वास प्रस्वासको समस्या बुझ्न सकिन्छ । गालाको छाला पातलो हुनुले शरीरमा प्रोटिनको कमीलाइ दर्साउँछ । साथै गालामा नसा देखिनु भिटामिनको कमीलाई देखाउँछ । गालामा आउने कालो दागले कलेजोमा विषयुक्त पर्दाथ भएको, महिलाको गालामा आउने रौ ले हर्मोनको गडबडी भएको बुझिन्छ ।

मुख र ओठ

कालो तथा फिक्का ओठले शरिरभित्र हेमोग्लोभी, रगतको कमी, धुम्रपानको मात्रा बढेको, कलेजो तथा मुत्रासय सम्बन्धी रोगलाई दर्शाउँछ । ओठको छाला फुट्ने तथा निष्कने जस्ता समस्या पनिको र होमोग्लोभीको कमीले गर्दा हुने गर्दछ ।

निधार तथा आखीँभौँ

निधारमा आउने डन्डिफर तथा दागले मानशिक तनाब, कम्जोर रक्त प्रवाह तथा अपुरो निद्रालाई झल्काउछ । आखीँभौं बिचको भागमा पहेलोपनले पथ्थरी बढ्दै जाने संकेत गर्दछ ।

चिउडो

चिउडोमा डन्डिफर तथा चिलाउन थालेमा यौन अंगमा भएको प्रभाव अथवा समस्यालाई दर्शाउछ ।

कानमा डन्डीफोर तथा रातो

मृगौलामा समस्या आएमा कानमा डन्डीफोर आउने गर्दछ । धेरै रिष उठेको बेलामा कान रातो हुने गर्दछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर