कटारीका २४ सहकारी संस्था गायब – Nepal Press

कटारीका २४ सहकारी संस्था गायब

काठमाडौँ । कटारी नगरपालिकाले २४ सहकारीको खोजी शुरु गरेको छ । नगरपालिकाले एक सूचना जारी गर्दै ती २४ सहकारीलाई ३५ दिन भित्र सम्पर्कमा आउन ताकेता गरेको छ।

सहकारी हालसम्म पनि सम्पर्कमा नआएको, नगरपालिकाले विगतका वर्षहरूमा माग गरेको विवरणहरू उपलब्ध नगराएको, अनुगमनमा पनि सहकारी संस्थाहरूको कार्यालयमा सम्पर्क र ताकेता गर्दा पनि संस्थाहरूले कुनै पनि तत्परता नदेखाएको नगरपालिकाले सूचनामा भनेको छ ।

यस्तै केही संस्थाहरूसँग सम्पर्क स्थापित गर्न नसकिएको र कानूनले दर्ता गर्ने अधिकारी समक्ष पेश गर्नु पर्ने भनी निर्दिष्ट गरेको कुनै पनि किसिमका विवरणहरू उपलब्ध नगराएको भन्दै सम्पर्कमा आउन सूचना जारी गरेको छ ।

कटारी नगरपालिकाको क्षेत्राधिकारभित्र ५४ सहकारी संस्था रहेको छन् । त्यसमा पनि २४ सहकारी गायब भएपछि ३५ दिनभित्र सम्पर्कका आउन सूचना जारी गरेको हो ।

तोकिएको समयमा उपस्थित नभएमा कानुन बमोजिम कारबाही गरिने नगरपालिकाले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *