आईएमई लाइफ इन्स्योरेन्स कम्पनीको छैटौं वार्षिक साधारण सभा – Nepal Press

आईएमई लाइफ इन्स्योरेन्स कम्पनीको छैटौं वार्षिक साधारण सभा

काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनीले आफ्नो छैटौं वार्षिक साधारण सभा सम्पन्न गरेको छ ।

सोमबार काठमाडाैं लैनचौरमा सञ्चालक समितिका अध्यक्ष डा.रामहरि अर्यालको सभापतित्वमा सभा मार्फत कम्पनीले आर्थिक वर्ष २०७८/०७९ को सञ्चालक समितिको प्रतिवेदन सहित वित्तिय विवरण पारित गरेको कम्पनीले बताएको छ ।

सभामा बोल्दै अर्यालले आर्थिक वर्ष २०७९/८० को पुष मसान्त सम्मको अपरिस्कृत विवरण अनुसार बीमाकोष २२.३१ प्रतिशतले बृद्धि भई ५ अर्ब ४७ करोड ९४ लाख रुपैयाँ पुगेको बताए ।

उक्त अवसरमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत कवि फुयांलले कम्पनिको प्रभावकारी आन्तरिक नियन्त्रण प्रणाली, सुशासन, मानव संसाधनको विकास एवं ग्राहक सेवा प्रति निरन्तर प्रतिबद्ध रहने कुरा बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *