भोजपुर क्याम्पसमा अनेरास्ववियुका निसान विजयी – Nepal Press

भोजपुर क्याम्पसमा अनेरास्ववियुका निसान विजयी

भोजपुर । भोजपुर बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा एमालेनिकट अनेरास्ववियु विजयी भएको छ ।

गठबन्धनबाट उम्मेदवार बनेका नेविसंघका सञ्जय ढकाललाई ३१ मतले पछि पार्दै अनेरास्ववियुका निसान राई विजयी भए । निसानले २४२ मत ल्याउँदा ढकाल २११ मा रोकिए ।

अनेरास्ववियुसँग जसपानिकट विद्यार्थी संगठनले तालमेल गरेको थियो ।

एकजना सदस्य सुवास नेपालबाहेक अन्य पदमा भने गठबन्धनका उम्मेदवारले जितेका छन् ।

सचिवमा सोवित तामाङ, कोषाध्यक्षमा विक्रम तामाङ्ग, अन्य सदस्यमा शम्भुराज राई, श्रद्धा राई, विष्णुप्रसाद लुइँटेल र सुनिता राई निर्वाचित भएका छन् ।

योसँगै भोजपुरको दुईवटै क्याम्पस भोजपुर क्याम्पस र षडानन्द क्याम्पसमा अनेरास्ववियुले जिते ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर