सुर्खेत बहुमुखी क्याम्पसमा अनेरास्वियुको प्यानल विजयी – Nepal Press

सुर्खेत बहुमुखी क्याम्पसमा अनेरास्वियुको प्यानल विजयी

सुर्खेत । पश्चिम नेपालको सबैभन्दा ठूलो क्याम्पस सुर्खेत बहुमुखी क्याम्पसको स्वविय निर्वाचनमा एमाले निकट अनेरास्वियुको पुरै प्यानल विजय भएको छ ।

गए राती सम्पन्न मतगणनामा अनेरास्ववियुको अध्यक्ष पदका उम्मेदवार अक्कलबहादुर सिजापतिले गठबन्धनका उम्मेदवार आफ्ना प्रतिद्वन्द्वी हिक्मत शाहीलाई ४७९ को मतान्तरले पराजित गरेका हुन्।

सिजापतिले ९ सय ६७ मत प्राप्त गरेका थिए भने अध्यक्षका अर्का प्रतिस्पर्धी हिक्मत शाहीले ४८८ मत प्राप्त गरेका छन्।

त्यस्तै सचिवमा अनेरास्वियुकै भवानी ढकाल ९०४ र कोषाध्यक्षमा ललित राना ७७० मत प्राप्त गरी विजयी भएका छन् । करिब ४ हजार विद्यार्थी अध्ययनरत उक्त क्याम्पसमा जम्मा १६८१ मत खसेको थियो ।

यो सँगै सुर्खेतका ८ वटा क्याम्पस मध्ये ५ वटामा अनेरास्वियु विजयी भएको छ भने दुई वटामा नेविसंघ ले जितेको छ।

मध्यपश्चिम विश्वविद्यालयको केन्द्रीय क्याम्पसमा विवादका कारण निर्वाचन रोकिएको छ।

सदस्यहरू :
१ भरत शाही ८५४

२ राधा रिजाल ८५९

३ गगन आले ८८४

४ जुद्ध रोकाय ८८८

५ दीपेन्द्र शाही ८३०

६ महेन्द्र खड्का ७९३

७ निरा जैसी ८५०

८ अशोक बराल ८६९


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर