नेपाल वन निगमका सीईओमा मनबहादुर खड्का नियुक्त, यस्ता छन् सरकारको निर्णयहरु


काठमाडौं । सरकारले नेपाल वन निगम लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा मनबहादुर खड्का (चितवन)लाई नियुक्त गर्ने निर्णय गरेको छ ।
सोमबार बिहान प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको बैठकले उक्त निर्णय गरेको हो ।
बैठकले कृषि तथा पशुपंक्षी विकास मन्त्रालयमार्फत कृषकलाई उपलब्ध गराइँदै आएको रासायनिक मलमा अनुुदानको दरमा कटौती गर्ने निर्णय अहिलेलाई कार्यान्वायन नगर्ने निर्णय गरेको सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले नेपाल प्रेसलाई जानकारी दिइन् ।
उनका अनुसार बैठकले विद्युत नियमन आयोगका सदस्य रामेश्वरप्रसाद कलवारले राजीनामा स्वीकृत गर्ने निर्णय गरेको छ ।
विद्यालय शिक्षा क्षेत्र कार्यक्रमका लागि यूरोपियन यूनियनबाट प्राप्त हुने ५० मिलियन यूरो (करिव ६ अर्ब ५७ करोड) बराबरको अनुदान सहायता स्वीकार गर्ने, नेपाल र बंगालदेशबीच शेअरिङ अफ रियल टाइम हाइड्रो मेटाेराेलाेजिकल डाटा एण्ड इन्फर्मेसन फर फ्लड फोर्कास्टिङ एण्ड वार्निङको समझदारीपत्र (एमओयु)मा हस्ताक्षर गर्न स्वीकृति दिने निर्णय पनि बैठकले गरेको छ ।
मन्त्री शर्माका अनुसार प्रमाणीकरण भएका द्वन्द्वकालका अयोग्य लडाकूलार्ई कार्यबिधि बनाइ राहत उपलब्ध गराउने, राष्ट्रिय प्रसारण ग्रिड कम्पनी लिमिटेडलाई जयपृथ्वी नगरपालिका १ को करिव २८३ रोपनी सरकारी जग्गा लिजमा उपलब्ध गराउने, दूरसञ्चारसम्बन्धी विधेयक तर्जुमा गर्न तयार पारिएको अवधारणापत्र स्वीकृत गर्ने, नेपाली सेनाको ल्याण्ड फोर्स टक्सको चौथो बैठक नेपालमा सञ्चालन गर्न स्वीकृत दिने निर्णय पनि गरेको छ ।
अरू पार्टी सरकारमा नभएको बेलामा एक्लै पैसा खाँदै नियुक्त गर्दै । लुटको धन फूपुको श्राद्व ।