गठबन्धनमा असहमति भए पनि निरन्तरताको पक्षमा छु : डा. सीके राउत (भिडिओ) – Nepal Press

गठबन्धनमा असहमति भए पनि निरन्तरताको पक्षमा छु : डा. सीके राउत (भिडिओ)

काठमाडौं । जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले लोकतन्त्र, गणतन्त्र र संविधानको रक्षाको लागि प्रधानमन्त्रीलाई विश्वासको मत दिने बताएका छन् ।

प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले सिद्धान्तविहीन राजनीति र गठबन्धन धेरै समय टिक्न नसक्ने बताए । गठबन्धनमा असहमति रहँदैमा समर्थन फिर्ता नलिने उनले औंल्याए ।

आफूहरु जनताको हितमा केन्द्रित भएर लाग्ने गठबन्धनमा भएको अविश्वासलाई छाडेर निरन्तरतामा जोड दिनुपर्ने उनको भनाइ छ ।

अध्यक्ष राउतले मधेस आन्दोलन, नागरिकता विधेयकलगायतको विषयमा आफ्नो माग पूरा गर्न सरकारसँग माग गरे ।


प्रतिक्रिया

One thought on “गठबन्धनमा असहमति भए पनि निरन्तरताको पक्षमा छु : डा. सीके राउत (भिडिओ)

  1. दिल्लीको आदेशपालकको आफ्नो निर्णय केहि पनि हुँदैन । जे दिल्ली भन्छ त्यो नोकर पालन गर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर