माधव नेपालको व्यंग्य- एमाले नेतृत्वको गठबन्धन किन टुट्यो विश्वविद्यालयका विद्यार्थीलाई खोजी गर्न दिऔं (भिडिओ) – Nepal Press

माधव नेपालको व्यंग्य- एमाले नेतृत्वको गठबन्धन किन टुट्यो विश्वविद्यालयका विद्यार्थीलाई खोजी गर्न दिऔं (भिडिओ)

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले एमाले नेतृत्वको गठबन्धन किन टुट्यो भन्ने कुरा विस्तार खुल्दै जाने बताएका छन् ।

सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले व्यंग्यात्मक रुपमा एमाले नेतृत्वको गठबन्धन टुट्नुको कारण विश्वविद्यालयका विद्यार्थीलाई खोजी गर्न जिम्मा दिन आग्रह गरे ।

‘यहाँ कुरा सुन्दा म पनि अन्योलमा परेको छु । प्रचण्डजी प्रधानमन्त्री भएको गठबन्धनको प्रमुख घटकलाई घोक्रयाएर निकालियो भन्ने पनि सुनियो । घोक्रयाएरै निकाल्ने काम किन गरियो ? त्यसको पनि जवाफ हामी पक्कै थाहा पाउनेछौं । घोक्रयाएर निकालियो भन्ने पनि मैले सुने अर्कोतर्फ आफै निस्किनुपर्ने अवस्था बन्यो भन्ने पनि मैले सुने । म आफैं अलमलमा परें’, उनले भने, ‘मैले सोचे हाम्रो देशको कुनै विश्वविद्यालयका विद्यावारिधि गर्ने विद्यार्थीलाई खोज र अनुसन्धान गर्ने जिम्मेवारी दिनुपर्छ कि ? के कति कारणले गर्दा त्यतिखेर कायम भएको गठबन्धन टुट्यो ? के कारणले नयाँ गठबन्धन निर्माणको अवस्थामा पुग्यो ?’

उनले फागुन १२ गते बनेको १० दलीय गठबन्धन पाँच वर्ष टिक्ने दाबी गरे ।

उनले भने, ‘फेरि अर्को वैशाखमा विश्वासको मत लिनुपर्ने अवस्था त आउँदैन ? म अस्वाभाविक ठान्दिनँ । तर, त्यो अवस्था आउँदैन भन्ने मलाई विश्वास छ । यो गठबन्धन आउने ५ वर्षसम्म टिक्छ । यो गठबन्धन एकताबद्ध भएर अगाडि बढ्ने विश्वास छ।’


प्रतिक्रिया

3 thoughts on “माधव नेपालको व्यंग्य- एमाले नेतृत्वको गठबन्धन किन टुट्यो विश्वविद्यालयका विद्यार्थीलाई खोजी गर्न दिऔं (भिडिओ)

  1. त्यति पनि थाहा नपाउनेले अहिलेसम्म राजाीति भनेर के गरेर बसेको ? कमाउँदै, सरकारी जग्गा बेच्दै भाइ भारदार पोस्दै गर्दा फुर्सद भएन ? प्रचण्ड दिल्लीको आदेशपालक हुँदा टुटेको हो गठबन्धन । सामन्य जनतालाई जतिपनि थाहा रैछ । के राजनीति गर्छौ ?

  2. यो दलाल कति कुर्लेको हो सारा जनता को लाज सरम नभएको नालायक ।

  3. माधवकुमार नेपाल नेपालको राजनीतिक इतिहासमा सबैभन्दा ठुला कलंक हुन म उनको (गुटको) नेकपा एमालेमा लामो समय रहेको थिए तर सधैंभरि उनी आफ्नो नाताका मान्छेका लागि हुन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर