२२ अंकले बढ्यो नेप्से, सबै उपसमूहमा हरियाली – Nepal Press

२२ अंकले बढ्यो नेप्से, सबै उपसमूहमा हरियाली

काठमाडौं । साताको दोस्रो दिन सोमबार नेप्से २२.६५ अंकले बढेको छ । नेप्से परिसूचक २२.६५ अंकले बढेर १९४९.०६ बिन्दुमा कायम भएको छ ।

अघिल्लो दिन ६.९० अंकले घटेको नेप्से १९२६.४१ विन्दुमा बन्द भएको थियो ।

आज ५२ लाख ५५ हजार ८६ कित्ता शेयरको खरिदबिक्री हुँदा बजारमा एक अर्ब २९ करोड ८५ लाख ८३ हजार ९८८ रुपैयाँ बराबरको कारोबार भएको छ ।

उपसमूहतर्फ रहने १३ वटै समूहको शेयर मूल्य बढेर हरियाली देखिएको छ ।

करोबारका आधारमा आज सर्वाधिक नाफा कमाउनेमा क्रमशः युनिक नेपाल लघुवित्त वित्तीय संस्था, न्यादी हाइड्रोपावर, नयाँ सारथि लघुवित्त वित्तीय संस्था र मानुशी लघुवित्त वित्तीय संस्था रहेका छन् ।

युनिक नेपाल लघुवित्त वित्तीय संस्थाको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । त्यस्तै सर्वाधिक गुमाउनेमा सपोर्टस् माइक्रोफाइनान्स, स्वाभीमान लघुवित्त र सानिमा ग्रोथ फण्ड रहेका छन् ।

त्यसैगरी सोमबार बजार पूँजीकरण भने २८ खर्ब १६ करोड रुपैयाँ रहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर