प्रचण्डले भने- एमाले र राप्रपा अस्थिरताको कारक बनेकाले राष्ट्रिय सहमतिको प्रयास असफल भयो (भिडिओ) – Nepal Press

प्रचण्डले भने- एमाले र राप्रपा अस्थिरताको कारक बनेकाले राष्ट्रिय सहमतिको प्रयास असफल भयो (भिडिओ)

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूले यति छिट्टै संसदमा विश्वासको मत माग्नुपर्ने अवस्था आउला भनेर नसोचेको बताएका छन्।

प्रधानमन्त्री भएको तीन महिनामै दोस्रो संसद्लाई विश्वासको मत माग्दै यस्तो बताएका हुन्।

उनले भने, ‘फेरि विश्वासको मतको लागि यति छिट्टै संसद्सँग अनुरोध गर्नुपर्ने अवस्था आउँला भन्ने मैले सोचेकै थिइन। राजनीतिक स्थिरताको प्रतिबद्धतासहित सरकार गठन गरेका थियौँ। मैले मात्रै नभएर सहयात्री सबै दलहरूले पनि संसदमा स्थायित्वको बाचा गर्नुभएको थियो।’

उनले क्याबिनेटमा पनि प्रधानमन्त्री र मन्त्रीहरुबीच कुनै मतभेद नभएको बताए। ‘राष्ट्रिय सहमतिमा राष्ट्रपति चयनको मेरो प्रस्तावपछि राप्रपा र एमालेका मन्त्रीहरूले राजीनामा दिनुभयो र सरकारलाई दिएको विश्वासको मत फिर्ता लिएपछि यहाँ आइपुगेका हौँ’ उनले भने।

सरकारबाट बाहिरिने मन्त्री र पार्टीहरूले नै त्यसको जवाफ दिनुपर्ने बताए। उनले एमाले र राप्रपा नै अस्थिरताको कारक भएको आरोप लगाए।


प्रतिक्रिया

One thought on “प्रचण्डले भने- एमाले र राप्रपा अस्थिरताको कारक बनेकाले राष्ट्रिय सहमतिको प्रयास असफल भयो (भिडिओ)

  1. गठबन्धन तोडेर वेश्यावृत्तिमा लागेककाको जति पनि ईमान नभएका विदेशीका एजेण्टले अरूलाई दोष लगाउन लाज छैन ?

Leave a Reply to ksp pyl Cancel reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर