ओलीले भने- प्रचण्ड पार्टीका जंगबहादुर हुन्, प्रधानमन्त्री बनाएकै भोलिपल्ट इमान छाडे (भिडिओ) – Nepal Press

ओलीले भने- प्रचण्ड पार्टीका जंगबहादुर हुन्, प्रधानमन्त्री बनाएकै भोलिपल्ट इमान छाडे (भिडिओ)

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रचण्डलाई आफूले ल्याएर प्रधानमन्त्री बनाएको भोलिपल्टबाटै इमान छाडेको टिप्पणी गरेका छन्।

प्रचण्डले राजनीतिक समीकरण फेरेपछि तीन महिनामै दोस्रो पटक विश्वासको मत लिनुअघि एमाले संसदीय दलको बैठकलाई सम्बोधन गर्दै ओलीले प्रचण्ड नातावाद, कृपावाद रमाएर एमाले विरोधी गतिनिधिमा लागेको आरोप लगाए।

उनले भने, ‘प्रधानमन्त्रीजी जुन पार्टीको अध्यक्ष हुनुहुन्छ। त्यो पार्टीका उहाँ बाहेक सबै अरू केही छैन। अलमलमा वा दबाबमा हुनुहुन्छ। प्रधानमन्त्रीजी जंगबहादुर शैलीको हुनुहुन्छ। उहाँले जे भन्यो उहाँहरूले अरूलाई बोल्न पनि दिनुहुन्छ। बोलेझैँ गर्‍यो भनेपनि विपक्षमा बोल्यो भनेर त्यसको पत्ता साफ हुन्छ। अरूसँग मिलेको भन्ने आरोप लाग्छ। एकता गर्नु हुन्न। कदम कदाचित एकता भयो भने पनि तोड्ने उद्योगमा लाग्नुहुन्छ। तोडेर जानुहुन्छ। चुनावी तालमेल गर्दा पनि सरकार बनाउन चाहनुभएन।’

प्रचण्डले पार्टी एकीकरण गरेपछि टिक्न नदिएको आरोप लगाए। वामपन्थी सरकार ढालेर प्रतिगमन भयो भन्दै दक्षिणपन्थी सरकार बनाएको उनको भनाइ छ।

उनले भने, ‘हाम्रो पहलमा वामपन्थी सरकार उहाँकै नेतृत्वमा बनायौँ तर, प्रधानमन्त्री भएकै भोलिपल्ट उहाँले इमान छाड्नुभयो। इमानमा रहन सक्नुभएन।’

उनले प्रधानमन्त्री प्रचण्डप्रति विश्वास नभएको कारणले विश्वासको मत नदिने बताए।


प्रतिक्रिया

One thought on “ओलीले भने- प्रचण्ड पार्टीका जंगबहादुर हुन्, प्रधानमन्त्री बनाएकै भोलिपल्ट इमान छाडे (भिडिओ)

  1. अब प्रचण्डलाई सकिन दिनुपर्यो ।अस्ति प्रधानमन्त्री नबनाएको भए देउवाले पेलेर सिध्याउने रहेछन् । हामीले प्रधानमन्त्री दिंदा साँस फेर्न पाए । ७४ मा पनि एमालेले बचाईदिएको हो । नत्र त्यतिबेलै सकिएको थियो माओवादी । प्रचण्डको के बानी रहेछ भने आफू सकिन लागियो भन्ने लागेमा एमालेतिर झुकेर आउने । अनि अलिकति शक्ति पाएपछि एमालेलाई पहिलो लात हानेर अरूसँग मिल्न जाने । अब एमालेले कुनै पनि हालतमा प्रचण्ड बोक्ने काम नगरोस ।वेश्यावृत्तिमा लागेको मानिसको जतिपनि ईमानजमान नभएको यस्तोलाई बोक्ने काम छैन । एमाले अब सचेत बनोस । माकुनेलाई पनि यो खाउ त्यो खाउ नभनौ । सकिन लागिसक्यो । केही समय धैर्य गरौं यी दुवै सकिन्छन् ।काग्रेस, माओवादी र एसले एकले अर्कालाई सिभ्याउँछन् हामीले दुख गर्नै पर्दैन । तिनवटैलाई बरावरको शत्रु मानेर यिनक‍ो भण्डाफोर गरेर जनतामा जानु नै अहिलेक‍ो मुख्य काम हुनुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर