सरकारले गर्यो प्रहरीका पाँच डीआईजीलाई एआईजीमा बढुवा – Nepal Press

सरकारले गर्यो प्रहरीका पाँच डीआईजीलाई एआईजीमा बढुवा

काठमाडौं । नेपाल प्रहरीका पाँच प्रहरी नायव महानिरीक्षक (डीआईजी)लाई अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) मा बढुवा भएका छन्।

सोमबार बिहान बसेको मन्त्रिपरिषद्को बैठकले बढुवा समितिले सिफारिस गरेका ५ जनालाई अतिरिक्त प्रहरी महानिरीक्षकमा बढुवा गरेको हो ।

प्रहरी नायव महानिरीक्षकहरू वसन्तबहादुर कुँवर, टेकप्रसाद राई, दीपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्राचार्यलाई प्रहरी अतिरिक्त महानिरीक्षक पदमा बढुवा सिफारिस गरिएको थियो। जसमध्ये कुँवरको नाम पहिलो नम्बरमा थियो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर