बौद्धमा ‘सिएमएस फिजियोथेरापी सेन्टर’ – Nepal Press

बौद्धमा ‘सिएमएस फिजियोथेरापी सेन्टर’

काठमाडौं । बौद्ध टुसालमा ‘सिएमएस फिजिथेरापी सेन्टर’को सञ्चालनमा ल्याएको छ । विशेष गरी स्पोर्टस इन्जुरीलाई आकर्षण गर्ने उद्देश्यका साथ शनिवार सेन्टरको उद्घाटन गरी सञ्चालनमा ल्याएको हो ।

सेन्टरको उद्घाटन चर्चित खेलाडी राष्ट्रिय महिला फुटबल टिमका स्ट्राइकर साबित्रा भण्डारी (साम्बा)ले गरेकी थिइन् । कार्यक्रममा राष्ट्रिय महिला भलिबल टिम कप्तान अरुण शाही, सदस्य पुनम चन्द, कामना विष्टको उपस्थिति रहेको थियो ।

सञ्चालक तथा सिनियर फिजियोथेरापिस्ट विकास श्रेष्ठले सेन्टरमा नशा, मांसपेसी, हाडजोर्नी, स्नायु, श्वासप्रश्वास, रक्तसञ्चार सम्बन्धी समस्या वा क्षतिलाई व्यायाम तथा आधुनिक विद्युतीय उपकरणबाट उपचार गरिने बताए ।

उनले भने, ‘हाडजोर्नी सम्बन्धी अर्थोपेडिक फिजियोथेरापी, नशासम्बन्धी न्युरो फिजियोथेरापी, खेलकुदसँग सम्बन्धित स्पोर्ट्स फिजियोथेरापी, मुटुसँग सम्बन्धित कार्डियो एन्ड पल्मोनरी फिजियोथेरापी, वृद्ध वृद्धासँग सम्बन्धित जेरियाट्रिक र बालबालिकासँग सम्बन्धित पेडियाट्रिक गरी विभिन्न किसिमका थेरापी सेवा दिनेछौँ ।’

सेन्टरले उद्घाटनको अवसरमा सात दिन विशेष छुट दिने समेत जानकारी दिए ।

थेरापीले उपचारपछि नकारात्मक असर (साइड इफेक्ट) नहुने, बिरामीको शारीरिक क्षमतामा वृद्धि हुने, दुखाइ कम गरी सक्रिय जीवनशैलीमा फर्काउन मद्दत गर्ने, स्वास्थ्य व्यक्तिलाई शारीरिक समस्या आउन नदिन लगायतको फाइदा हुने समेत जानकारी दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर