निर्वाचन अधिकारी सम्पर्कविहीन भएपछि सुर्खेत बहुमुखी क्याम्पसमा मतगणना अन्यौल


सुर्खेत । कर्णालीकाे राजधानी सुर्खेतकाे बहुमुखी क्याम्पसका निर्वाचन अधिकृत सम्पर्कविहीन भएपछि स्ववियु निर्वाचनको मतगणना अन्यौलमा परेको छ । निर्वाचन अधिकृत ओमप्रकाश न्यौपाने सम्पर्कविहीन भएपछि मतगणना अन्यौल भएको हो ।
त्रिभुवन विश्वविद्यालयको आंगिक क्याम्पस सुर्खेत बहुमुखी क्यायम्पसमा अहिले तनाव सिर्जना भएको छ । बिहान ९ बजेबाट कडा सुरक्षाकाबीच मतदान प्रक्रिया सुरुभएको सुर्खेत बहुमुखी क्याम्पसमा १ हजार ६८१ मत खसेको छ ।
अनेरास्ववियुका एक उम्मेदवारले निर्वाचान अधिकृत मोबाइल अफ गरेर गायब भएपछि क्याम्पसमा तनाव सिर्जना भएको बताए ।
‘मतपेटिका सबै कलेक्सनले गरेर क्याम्पसको पुस्तकालयमा राखिएको छ’, उनले भने । उम्मेदवारहरुको माग अहिले नै मतगणना हुनुपर्ने छ । तर, निर्वाचन अधिकृत मोबाइल अफ गरेर सम्पर्कबिहीन छन्, फोन नलागेकाे ति उम्मेदवारको भनाइ छ ।
यस्तै, निर्वाचन अधिकृत ओमप्रकाशले स्ववियुको निर्वाचनको बारेमा जानकारी लिन खोज्दा दिउँसो भरी फोन उठेको थिएन ।