युक्रेनबाट अलग भएको डोनबास क्षेत्रमा अचानक पुगे पुटिन – Nepal Press

युक्रेनबाट अलग भएको डोनबास क्षेत्रमा अचानक पुगे पुटिन

काठमाडौं । नौ वर्ष अगाडि रुसबाट अलग भएको घोषणा गरेको र एक वर्ष अगाडि रुसले आफूमा गाभेको डोनबास क्षेत्रमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिन पुगेका छन् । आइतबार पुटिन अचानक डोनबास क्षेत्र पुगेका हुन् ।

रुसी सरकारी मिडिया आरटीका अनुसार पुटिनको डोनबास क्षेत्रको भ्रमण घोषणा नभई भएको थियो । डोनबास क्षेत्रमा गत वर्ष भीषण भिडन्त भएको मारिओपोलमा पुटिन पुगेका छन् । मारिओपोलमा पुटिन हेलिकप्टरबाट पुगेका थिए ।

पुटिनले डोनबास क्षेत्रका विभिन्न जिल्लाहरुमा पुगेर त्यहाँको शैक्षिक, स्वास्थ्य, आवासलगायतका क्षेत्रमा भएका प्रगतिहरुको अवलोकन गरेको रुसी मिडियाले उल्लेख गरेका छन् ।

डोनबास क्षेत्रमा पुगेका पुटिनले शनिबार नौ वर्ष अगाडि नै रुसमा गाभिएको क्रिमिया क्षेत्रमा भ्रमण गरेका थिए । क्रिमिया रुसमा गाभिएको नौ वर्षगाँठको अवसरमा पुटिन त्यहाँ पुगेका थिए ।

शुक्रबार नेदरल्याण्डको हेगमा रहेको अन्तर्राष्ट्रिय न्यायालयले पुटिनलाई पक्राउ पुर्जी जारी गरेको भोलि र पर्सिपल्ट पुटिन रुसमा गाभिएका क्षेत्रहरुमा पुगेका छन् । पुटिनसँग उपप्रधानमन्त्री मरात खुस्नुलिन पनि पुगेको बीबीसीले उल्लेख गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर