तस्बिर र भिडिओमा हेर्नुस् लहान जेएस क्याम्पसको स्ववियु चुनाव – Nepal Press

तस्बिर र भिडिओमा हेर्नुस् लहान जेएस क्याम्पसको स्ववियु चुनाव

जनकपुरधाम । स्ववियु चुनावअन्तर्गत सिरहाको लहानस्थित जेएस मुरारका बहुमुखी क्याम्पसमा मतदान जारी छ ।

१४ वर्षपछि निर्वाचन भइरहेकाले विद्यार्थीहरू उत्साहित छन् । अहिले क्याम्पसमा अध्ययनरत सम्पूर्ण विद्यार्थी पहिलो पटक स्ववियूको निर्वाचनमा भाग लिएका छन् ।

क्याम्पसमा बिहानैदेखि भोट हाल्न विद्यार्थीको लाइन लागेको छ । छात्रभन्दा छात्राहरू बढी सहभागी भएको देखिन्छन् । चुनावमा शान्ति सुरक्षाका लागि नेपाल र सशस्त्र प्रहरी परिचालित छन् ।

सभापतिका लागि अनेरास्ववियूबाट मो. नवी हसन, नेपाल विद्यार्थी संघबाट रामकृष्ण यादव, विद्यार्थी जनमत संघबाट जितेन्द्रकुमार मण्डल, संयुक्त गठबन्धनबाट चन्द्रकला बच्छार प्रतिस्पर्धा उत्रेका छन् ।

थारु विद्यार्थीको बाहुल्य रहेको यस क्याम्पसमा अनेरास्ववियुले थारु समुदायबाटै चन्द्रकलालाई सभापतिमा अघि सारेको हो ।

तर, यो पटक कुनै संगठनले थारु सभापतिका उम्मेदवार खडा गरेको छैन । त्यसैले चुनाव रोचक देखिएको छ । यो पटक कसले बाजी मार्ने निश्चित छैन । यद्यपि नेविसंघ हावी देखिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर