डोनाल्ड ट्रम्प भन्छन्- मलाई मङ्गलवार पक्राउ गरिँदैछ, प्रदर्शन गर्न तयार हुनुहोस् – Nepal Press

डोनाल्ड ट्रम्प भन्छन्- मलाई मङ्गलवार पक्राउ गरिँदैछ, प्रदर्शन गर्न तयार हुनुहोस्

काठमाडौं । पूर्व अमेरिकी राष्ट्रपति तथा अहिलेको रिपब्लिकन पार्टीमा राष्ट्रपति रेसमा बलिया दाबेदार रहेका डोनाल्ड ट्रम्पले आफूलाई मङ्गलवार पक्राउ गर्न लागिएको भन्दै प्रदर्शनमा उत्रिन समर्थकलाई आग्रह गरेका छन् ।

फेसबुकदेखि ट्विटर जस्ता सामाजिक सञ्जालबाट प्रतिबन्ध लाइएका ट्रम्पले आफैले खोजेको ‘ट्रुथ सोसल’ नामक सञ्जालबाट शनिवार यस्तो घोषणा गरेका हुन् ।

अमेरिकी अधिकारीहरूले आर्थिक मामिलामा आफूलाई पक्राउ गर्न तयारी भएको ट्रम्पको तर्क छ।

सन् २०१६ को राष्ट्रपति चुनावताका ट्रम्पका सहयोगी माइकल कोहेनले १ लाख ३० हजार डलर स्टोर्मी डेनियल्स नामकी एक पोर्न स्टारलाई दिएकोमा पक्राउ हुने चर्चा आएसँगै ट्रम्पले यो पोस्ट गरेका हुन् ।

अलजजिराका अनुसार म्यानहटनका अभियोजनकर्ताले ट्रम्पलाई पक्राउ गरेर कारबाही गरे कारबाही भोग्ने उनी प्रथम पूर्व अमेरिकी राष्ट्रपति हुनेछन् ।

यसै बीचमा चर्चित धनाड्य तथा ट्विटर मालिक एलन मक्सले ट्रम्प पक्राउ गरिए उनले व्यापक मतान्तरले जित्ने दाबी गरेका छन् । उनले फक्स टिभीमा बोल्दै यस्तो भनेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर