नेपाल चलचित्र कलाकार संघको अध्यक्षमा निरौला विजयी – Nepal Press

नेपाल चलचित्र कलाकार संघको अध्यक्षमा निरौला विजयी

काठमाडौं । नेपाल चलचित्र कलाकार संघको अध्यक्षमा मोहन निरौला निर्वाचित भएका छन् ।

विजयी निरौलाले २३५ मत पाए । यस्तै उनका प्रतिद्वन्द्वी रेजीना उप्रेतीले २०९ मत प्राप्त गरिन् ।

उपाध्यक्षमा कविता गेलाल र शिवहरि वैरागी विजयी भएका छन् ।

महासचिवमा सविन श्रेष्ठ, सचिवमा रामेश्वर बुर्लाकोटी र कोषाध्यक्षमा सुनिल कटुवाल विजयी भएका छन् ।

यस्तै सहकोषध्यक्षमा पवित्रा आचार्य निर्विरोध निर्वाचित भएकी छन् ।

सदस्यहरूमा शीतल केसी, गोपाल ढकाल ‘छन्दे’, उद्धव प्रसाद भट्टराई, पवन केसी र नम्रता खरेल विजयी भएका छन् ।

यस्तै पुकार भट्टराई, खुम्बु खड्का, सरिता राधोपाध्याय, रोशन श्रेष्ठ र समीर लामापनि सदस्य निर्वाचित भएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *