जनयुद्धका ८ हजार ३७१ सहिदको नामावली राजपत्रमा प्रकाशित, कुन जिल्लामा कति? (सूचीसहित) – Nepal Press

जनयुद्धका ८ हजार ३७१ सहिदको नामावली राजपत्रमा प्रकाशित, कुन जिल्लामा कति? (सूचीसहित)

काठमाडौं । सरकारले १० वर्षे जनयुद्धका क्रममा सहिद भएका ८ हजार ३७१ जनाको नामावली राजपत्रमा प्रकाशित गरेको छ ।

नेपालको राष्ट्रिय हित, लोकतन्त्र र अग्रगामी परिवर्तनका लागि भएको सशस्त्र संघर्ष, क्रान्तिका क्रममा सहादत प्राप्त गर्ने व्यक्तिलाई सम्मानस्वरुप फागुन १५ गते सहिद घोषणा गर्ने निर्णय भए अनुसार उनीहरूको नामावली गृह मन्त्रालयले राजपत्रमा प्रकाशित गरिएको हो ।

मन्त्रालयले ताप्लेजुङदेखि कैलाली जिल्लासम्म गरेर ७५ जिल्लाको सूची छुट्टा छुट्टै बनाएर प्रकाशित गरेको हो ।

सूची अनुसार सबैभन्दा बढी रोल्पाका ७५३ जना सहिद रहेका छन् भने त्यसपछि क्रमशः दोस्रोमा रुकुमका ५८४ जना, तेस्रोमा कालिकोटका ४३३ जना रहेका छन् ।

सबैभन्दा कम सहिद रहेको जिल्लामा भक्तपुर ६ जना, काठमाडौं ७ र ललितपुर १४ जना रहेका छन् ।

जनयुद्धका क्रममा सहिद भएका ८३७१ जना सहिदको सूचीमा कुन जिल्लामा कति ? सूची यहाँ क्लिक गरेर हेर्नुहाेस् ।

 


प्रतिक्रिया

One thought on “जनयुद्धका ८ हजार ३७१ सहिदको नामावली राजपत्रमा प्रकाशित, कुन जिल्लामा कति? (सूचीसहित)

  1. केहि जनयुद्वमा मारे । अब भारतीय विषादी तरकारी खुवाएर कति मार्ने हो । अनि तिनका नाम पनि राजपत्रमा छापिदियो सकियो ।यस्तालाई अझै भोट दिईरहेका छौ हामी ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर