‘गृहमन्त्रालय लिएर सरकारमा जान्छौं, प्रचण्डपछि डेढ वर्ष माधव नेपाल प्रधानमन्त्री’ (भिडिओ) – Nepal Press

‘गृहमन्त्रालय लिएर सरकारमा जान्छौं, प्रचण्डपछि डेढ वर्ष माधव नेपाल प्रधानमन्त्री’ (भिडिओ)

उपाध्यक्ष राजेन्द्र पाण्डे भन्छन्- नेकपा एसले कम्तीमा तीन मन्त्रालय दाबी गर्छ

काठमाडौं । नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डेले सरकारमा जाँदा आफ्नो पार्टीको पहिलो प्राथमिकता गृह मन्त्रालय रहने बताएका छन् ।

उपराष्ट्रपतिको निर्वाचनको क्रममा संसद भवनमा सञ्चारकर्मीहरूसँग प्रधानमन्त्रीले ६ गते विश्वासको मत लिएपछि मन्त्रिपरिषद् विस्तारको काम अघि बढ्ने बताए ।

विश्वासको मत लिइसकेपछि सरकारलाई पूर्णता दिन धेरै समय नलाग्ने उनको भनाइ छ ।

उनले भने, ‘अहिलेसम्म पार्टीमा कसले नेतृत्व गर्ने र कति मन्त्रालय लिने भन्नेबारेमा खास छलफल भएको छैन । तर, हाम्रो पार्टीले तीनवटा मन्त्रालय नघट्ने गरी दाबी गर्छ । राष्ट्रपति कांग्रेसले, उपराष्ट्रपति जसपाले, माओवादीले प्रधानमन्त्री रोज्यो । अहिलेको समीकरणभित्रको चौथो ठूलो दल भएकाले पहिलो प्राथमिकता हामीले गृहलाई नै दिन्छौं ।’

उनले पार्टीबाट गृहमन्त्रालय लिएर सरकारको नेतृत्व गर्ने आफू नै जाने भन्ने चर्चा स्वाभाविक भएको बताए । उनले अब लगभग दुई बर्षपछि पार्टी अध्यक्ष माधव नेपालले प्रधानमन्त्री भएर डेढ वर्ष चलाउने दाबी गरे । गठबन्धन दलमा अहिले भएको सहमतिमा धोका हुन्छ भन्ने आफूहरुले नसोचेको बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर