गठबन्धनको उपराष्ट्रपति उम्मेदवार रामसहाय कि ममता ? बालुवाटारमा भएन सहमति – Nepal Press

गठबन्धनको उपराष्ट्रपति उम्मेदवार रामसहाय कि ममता ? बालुवाटारमा भएन सहमति

कठमाडौं । सत्तारुढ १० दलीय गठबन्धनको मंगलबार साँझको बैठकमा उपराष्ट्रपति उम्मेदवार कसलाई साझा बनाउने भन्नेबारे समझदारी नभएपछि बिहीबार फेरि बैठक बोलाइएको छ ।

बैठकपछि माओवादी केन्द्रका उपमहासचिव शक्ति बस्नेतले सकारात्मक छलफल भए पनि सहमति नभएकाले फेरि बस्ने तय भएको बताए ।

गठबन्धनबाट उपराष्ट्रपतिमा जसपाका रामसहाय यादव र जनमतकी ममता झा उम्मेदवार छन् ।

यसअघि बुधबारै बसेको कांग्रेस बैठकले जसपाका यादवलाई मत दिने निर्णय गरिसकेको छ । ममता झालाई लोसपा, नागरिक उन्मुक्ति र जनमतको समर्थन छ ।

बिहीबारसम्म साझा उम्मेदवार तय हुने र एकजनाको निष्क्रिय गर्ने सहमति भएको बताइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर