यातायात व्यवस्था विभागकाे महानिर्देशकमा नारायणप्रसाद भट्टराई – Nepal Press

यातायात व्यवस्था विभागकाे महानिर्देशकमा नारायणप्रसाद भट्टराई

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालय मातहत रहेको यातायात व्यवस्था विभागको महानिर्देशकको जिम्मेवारी नारायणप्रसाद भट्टराईलाई दिइएको छ ।

फागुन ११ गतेदेखि महानिर्देशकको पद रिक्त रहेका बेला भट्टराईलाई महानिर्देशकको जिम्मेवारी दिइएको हो । प्रदेश लोकसेवा आयोग कर्णाली प्रदेशको सचिवको जिम्मेवारीमा रहेका सहसचिव भट्टराईको फागुन ११ बसेको मन्त्रिपरिषद् बैठकले भौतिक, पूर्वाधार तथा यातायात मन्त्रालयमा सरुवा गरेको थियो ।

मन्त्रालयमा सरुवा भएर आएका भट्टराईलाई उपप्रधान एवम भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले मन्त्रीस्तरीय निर्णय गर्दै भट्टराईलाई महानिर्देशकको जिम्मेवारी दिएका हुन् ।

यस अघि महानिर्देशकको जिम्मेवारीमा आएका सहसचिव तुलसीनाथ गौतमको १५ दिनमा नै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा सरुवा भएपछि पद रिक्त रहेको थियो । गत माघ २५ गतेमात्रै महानिर्देशकको जिम्मेवारी सम्हालेका सहसचिव गौतमलाई फागुन ११ गतेको मन्त्रिपरिषद् बैठकले सरुवा गरेको हो ।

८ महिनामा चार जना महानिर्देशक

पछिल्लो ८ महिनामा यातायात व्यवस्था विभागले ४ जना महानिर्देशक पाएको छ । तत्कालीन महानिर्देशक गोगनबहादुर हमाल र नमराज घिमिरेले एक वर्षभन्दा बढी समय विभागमा बसे पनि त्यसपछिका महानिर्देशक बढीमा ६ महिनामात्रै बसेका छन् ।

यसअघि २०७९ असार २० देखि भदौ २० गतेसम्म विभागको महानिर्देशकको जिम्मेवारी  सुरेश राउतले सम्हालेका थिए । सहसचिव राउतको ३ महिने कार्यकालपछि २०७९ भदौ २० गतेदेखि डा.टोकराज पाण्डेयले महानिर्देशकको जिम्मेवारी सम्हालेका थिए । उनी पनि ६ महिना नबित्दै सरूवा भए ।

सहसचिव नमराज घिमिरे २०७७ चैत २ देखि २०७९ असार १९ गतेसम्म १५ महिना विभागको महानिर्देशक भए । विभागको ३२औं महानिर्देशक घिमिरेलाई छोडेर त्यसपछि आएका सुरेश राउतपछि ८ महिनामा ४ जना महानिर्देशक फेरिए ।

घिमिरेअघिका हमालले घिमिरे १८ महिना महानिर्देशक भए । हमालअघि पनि विभागको महानिर्देशकमा कोही पनि लामो समय बसेनन् । हमालले विभागमा महानिर्देशक नटिक्ने थितिमा ब्रेक लगाएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर