अमेरिकामा बन्द भयो अर्को बैंक – Nepal Press

अमेरिकामा बन्द भयो अर्को बैंक

काठमाडौं । अमेरिकाको सिलिकन भ्याली बैंक बन्द भएको दुई दिनपछि अर्को बैंक बन्द भएको हो ।

नियामकहरूले न्यूयोर्क आधारित सिग्नेचर बैंक पनि बन्द गराएका हुन् । आइतबार सम्भावित बैंकिङ संकट रोक्नका लागि भन्दै न्यूयोर्कस्थित सिग्नेचर बैंक बन्द गराएको घोषणा गरेका छन् । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार ट्रेजरी, फेडरल रिजर्भ, र एफडीआईसीले आइतबार संयुक्त विज्ञप्ति जारी गर्दै बैंक बन्दको घोषणा गरेका छन् ।

विज्ञप्तिमा बैंकका सबै निक्षेपकर्ताको रकम सुरक्षित रहने उल्लेख छ । यो अमेरिकी बैंकिङ इतिहासमा तेस्रो असफलता हो । बैंकिङ नियामकहरूले सिग्नेचर बैंकका डिपोजिटकर्ताहरूलाई आफ्नो डिपोजिटमा पूर्ण पहुँच हुने पनि बताएको छ ।

अमेरिकामा एकपछि अर्को बैंक बन्द भएसँगै वित्तीय संकट गहिरिएको आँकलन गरिएको छ । सन् २००८ मा आएको आर्थिक मन्दीपछि बन्द हुने सबैभन्दा ठूलो बैंक सिलिकन भ्याली बैंक हो । यसअघि वासिंगटन म्युचुअल असफल भएको थियो । सिलिकन प्रविधिमा आधारित थियो भने सिग्नेचर क्रिप्टोकरेन्सी कारोबारमा आधारित थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर