उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम (भिडिओ) – Nepal Press

उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम (भिडिओ)

यस्तो छ यादवको उम्मेदवारी कायम गर्ने आयोगको निर्णय (पूर्णपाठ)

काठमाडौं । निर्वाचन आयोगले उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम रहेको निर्णय गरेको छ ।

निर्वाचन आयोगले यादवको उम्मेदवार खारेज गर्न नपर्ने निर्णय गरेको हो ।

नेकपा एमालेकी उम्मेदवार अष्टलक्ष्मी शाक्य र जनमत पार्टीकी उम्मेदवार ममता झाले राष्ट्रपतिभन्दा फरक लिङ्गको उम्मेदवार हुनुपर्ने भन्दै यादवको उम्मेदवारी खारेजीको माग गरेका थिए ।

संविधान अनुसार फरक लिंग वा समुदायको हुने प्रचलन देखिएकाले उपराष्ट्रपतिमा फरक समुदायका उम्मेदवार यादवको उम्मेदवारी खारेज गर्नु नगर्ने आयोगले निष्कर्ष निकालेको हो ।

निर्वाचन अधिकृत महेश शर्मा पौडेलले राष्ट्रपति र उपराष्ट्रपति फरक लिंग र समुदायका दुवै हुनुपर्ने अनिवार्य वा बाध्यात्मक व्यवस्था नरहेकाले यादवको उम्मेदवारी पनि कायम रहने बताए

शर्माले भने, ‘राष्ट्रपति र उपराष्ट्रपति फरक लिंग र समुदायका दुवै हुनुपर्ने अनिवार्य वा बाध्यात्मक व्यवस्था नगरी लिंग र समुदाय फरक हुनुपर्ने गरी संविधान र कानूनी व्यवस्था भइरहेको देखिँदा खस आर्य समुदाय भन्दा फरक समुदायका पुरुष उम्मेदवार रामसहायप्रसाद यादव उपराष्ट्रपतिको उम्मेदवार हुन अयोग्य भन्न सकिँदैन । उम्मेदवार अष्टलक्ष्मी शाक्य र ममता झाको दाबी विरोधले उजुरी दाबी पुग्दैन । त्यसैले उजुरी दाबी बमोजिम रामसहायप्रसाद यादव उपराष्ट्रपति उम्मेदवारको मनोनयन पत्र खारेज गर्नुपर्ने देखिएन ।’

उपराष्ट्रपतिमा कुल ४ जनाको उम्मेदवारी परेको थियो ।

राष्ट्रपति खस आर्यतर्फको हुँदा उपराष्ट्रपतिमा यादव फरक समुदायको हुनसक्ने भएपनि खारेज हुनसक्ने भयले जसपाले प्रमिला यादवलाई पनि अघि सारेको थियो । यादवको उम्मेदवार कायम भएपछि प्रमिलाको उम्मेदवारी फिर्ता लिने सम्भावना छ ।

तर, गठबन्धनबाटै जनमत पार्टीकी ममत झाले पनि उम्मेदवारी दिएका छन् । सहमति नभए उनी मित्रवत् प्रतिस्पर्धा गर्ने तयारीमा रहेको जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले बताइसकेका छन् ।

यस्तो छ रामसहायको उम्मेदवारी कायम गर्ने आयोगको निर्णयको पूर्णपाठ


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर