प्रचण्डविरुद्धको रिटको सुनुवाइ नगर्न माओवादी वकिलहरूको दबाब, तर न्यायाधीश खतिवडाले मानेनन् – Nepal Press

प्रचण्डविरुद्धको रिटको सुनुवाइ नगर्न माओवादी वकिलहरूको दबाब, तर न्यायाधीश खतिवडाले मानेनन्

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ विरुद्ध परेको रिटको सुनुवाइ नगर्न न्यायाधीश ईश्वरप्रसाद खतिवडालाई माओवादीनिकट वकिलहरूले दबाब दिएका छन् ।

बिहीबार विश्वम्भर श्रेष्ठको इजलासमा परेर हेर्न नभ्याइएको ज्ञानेन्द्रराज आरणसहितको रिट आज खतिवडाको इजलासमा परेको छ । यसअघि सो रिट दर्ताको आदेश खतिवडासहितको इजलासले दिएको भन्दै माओवादी वकिलहरुले सोही रिटको सुनुवाई नगर्न खतिवडालाई सुझाव दिएका थिए ।

इजलासमै पुगेर रमण श्रेष्ठ, चण्डेश्वर श्रेष्ठ, मुक्ति प्रधानलगायतले खतिवडालाई दबाब दिए पनि उनले यस्ता हजारौं मुद्दा आफूले हेरेको भन्दै कुनै कानूनी, संवैधानिक र व्यवहारिक अड्चन नरहेको जवाफ दिएका छन् । सो रिटमाथिको सुनुवाइ खतिवडाकै इजलासमा सुरू भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर