बैठकमा रवीन्द्र मिश्रले भने- हाम्रो पार्टीको केन्द्रमा राजसंस्था छ, राष्ट्रपति होइन – Nepal Press

बैठकमा रवीन्द्र मिश्रले भने- हाम्रो पार्टीको केन्द्रमा राजसंस्था छ, राष्ट्रपति होइन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले राष्ट्रपतिका दुवै उम्मेदवार देशका लागि याेग्य नभएको बताएका छन् ।

राष्ट्रपतिबारे निर्णय लिन जारी कार्यसम्पादन समितिको बैठकमा राष्ट्रपतिमा भोट हाल्न नहुने पक्षमा उभिएका हुन् ।
बैठकमा मिश्रको भनाइलाई उधृत गर्दै एक नेताले भने, ‘अहिले यी दुवै उम्मेदवार देशको लागि याेग्य उम्मेदवार होइनन्, रिजेक्ट गर्नुपर्छ । हाम्रो पार्टीको केन्द्रमा राजसंस्था छ ।’

उनले राप्रपा सरकारमा गएकोप्रति पनि असन्तुष्टि पोखेका छन् ।

 


प्रतिक्रिया

One thought on “बैठकमा रवीन्द्र मिश्रले भने- हाम्रो पार्टीको केन्द्रमा राजसंस्था छ, राष्ट्रपति होइन

  1. साँसद किन उठेको ? प्रदेशको साँसद किन बनेको मन्त्री किन बनेको ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर