होलीले रंगिएको वसन्तपुर (तस्बिरहरू) – Nepal Press

होलीले रंगिएको वसन्तपुर (तस्बिरहरू)

काठमाडौं । विगत वर्ष झैं वसन्तपुरमा होलीको हर्षोल्लास छाएको छ । विशेषगरी युवायुवतीले रौनक थपेका छन् । नेपाल घुम्न आएका विदेशी नागरिक पनि सँगसँगै खुसी साटासाट गर्न पुगेका छन् ।

भीडभाड, नाचगान र रंगले वसन्तपुर रंगिएको छ । मध्यान्हदेखि भीड बढ्दो छ ।

युवायुवतीको भीडले असनको इन्द्र चोक, काल भैरव मन्दिरका सिँढीहरू खचाखच हुनुका साथै रङहरूले सजिएका छन् । ठेलमठेल र हुटिङका बीच ‘ह्याप्पी होली’ का चर्को स्वरले गुञ्जिएको छ यतिखेर वसन्तपुर ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *