मध्यपश्चिम विश्वविद्यालयमा स्ववियु निर्वाचनका लागि उम्मेदवारी दर्ता


सुर्खेत । मध्यपश्चिम विश्वविद्यालयको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा विद्यार्थीहरुले उम्मेदवारी दर्ता गराएका छन् । चैत ३ गते हुने चुनावमा नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी लगायतका विद्यार्थी संगठनहरुले उम्मेदवारी दर्ता गराएका हुन् । निर्वाचनका लागि केहीले स्वतन्त्र उम्मेदवारी पनि दिएका छन् ।
निर्वाचनमा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र स्वतन्त्र युनियन अनेरास्वियु, अनेरास्ववियु, अखिल क्रान्तिकारी, नेपाल विद्यार्थी संघ, नेकपा एकीकृत समाजवादीको विद्यार्थी संगठन अनेरास्ववियुका विद्यार्थी संगठनले र स्वतन्त्र उम्मेदवारी दर्ता गराएका हुन् ।
यस्तै, अध्यक्ष पदमा ९ जनाले उम्मेदवारी दिएका छन् । अनेरास्वियु प्रकाश रिजाल, नेविसंघ रोशन बस्नेत, एकीकृत समाजवादी निकट अनेरास्ववियूका मिलन विसी अखिल क्रान्तिकारी ममता अधिकारी र नेत्र विक्रम चन्द्र नेतृत्वको क्रान्तिकारी विधार्थी संघगठनबाट योगेशकुमार शाहीले उम्मेदवारी दर्ता गराएका छन् । त्यसैगरी, स्वतन्त्रबाट पारस सिंह, महेन्द्रकुमार थापा, भुपेन्द्र बम र महेश धितालले उम्मेदवारी दिएका छन् ।
साथै, सचिव पदमा पनि नौ जनाले उम्मेदवारी दिएका छन् । जसमा अनेरास्ववियू उमेश तिवारी, अखिल क्रान्तिकारी विप्लवबाट चित्रबहादुर सहकारी, अनेरास्ववियू क्रान्तिकारी जगतबहादुर शाही, नेविसंघबाट भुपेन्द्र आचार्य अनेरास्ववियुबाट भूपेन्द्र भण्डारीले उम्मेदवारी दर्ता गराएको छन् भने स्वतन्त्रमा दिनेश खड्का, नरेश रानार प्रकाश वि.क. र शिशिर कुमार कार्कीले रहेका छन् ।
यस्तै, कोषाध्यक्षमा छ जनाले उम्मेदवारी दिएका छन् । जगत जङ्ग शाही अनेरास्ववियु, जनक धमला अनेरास्ववियू, तेजबहादुर बम नेविसंघ, दिपक खड्का अखिल क्रान्तिकारी, भरत गौतम स्वतन्त्र र अखिल क्रान्तिकारी विप्लवबाट मनिसा कुमारी सहकारी उम्मेदवारी दर्ता गराएका छन् ।
त्यस्तै, सदस्यमा ३० जनाको उम्मेदवारी दर्ता भएको छ ।
उम्मेदवारी विरुद्ध उजुरी २४ गतेसम्म दिन सकिने निर्वाचन समितिले जानकारी दिएको छ । जसमा अन्तिम नामावली २५ गते प्रकाशित गरिने छ । निर्वाचनमा ४ हजार ८२९ जना विद्यार्थीले मत हाल्न पाउने समितिले जनाएको छ ।