मुगु र सल्यानमा दुईजना मृत अवस्थामा फेला

सुर्खेत । मुगु र सल्यानमा दुईजना मृत अवस्थामा फेला परेका छन् । सल्यानको छत्रेश्वरी गाउपालिका वडा ५ बाग बजार जुमकोटका ७४ बर्सिया चित्रमान खत्री मृत अवस्थामा फेला परेका हुन् ।
खर घाँस लिन जान्छु भनेर गएका र आफन्तको खरबारीतर्फ लागेको खत्री साँझ अबेर सम्म घर नआएको हुँदा आफन्तले खोजतलास गर्ने बेलामा बाँझो खेलमा घोप्टो परि मृत अवस्थामा फेला पारेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
त्यस्तै, मुगुमा पानीमा डुबेर एक जनाको मृत्यु भएको छ । मुगु छायाँनाथ रारा नगरपालिका–१३ रुगाका कालसिंह लावडको छोरा अन्दाजी ४५ बर्सिया मानबहादुर लावड पानीमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाकारी दिएको छ ।
लावड कर्णाली नदीमा बालुवा लिन गएको अवस्थामा पानी खान जाने क्रममा चिप्लिएर कर्णाली नदीमा डुबेको अवस्थामा स्थानीय देखेर उद्दार गरी उपचारको लागि जिल्ला अस्पताल ल्याउने क्रममा बाटोमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
त्यस्तै, सुर्खेतको लेकबेशीमा काठको चिरपत्त दाउराले हान्दा एकजना गम्भीर घाइते भएका छन् । लेकबेशी नगरपालिका वडा २ पुरानोगाँउका यज्ञ मिदुनले आफ्नै श्रीमतीलाई काठको चिरपट दाउराले हान्दा गम्भीर घाइते बनाएका हुन् ।
३२ वर्षीया खगिसरा मिदुन र उनका श्रीमानबीच घरायसी विवाद हुँदा श्रीमानले चिर्पट दाउराले हिर्काउँदा श्रीमतीको टाउकोमा गहिरो चोट लागेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जानकारी दिएको छ ।
घाइते मिदुनको प्रदेश अस्पताल कालागाँउ सुर्खेतमा उपचार भइरहेको छ भने उनका श्रीमान् कुटपिट गरेर फरार भएका छन् । उनको खोजी कार्य भइरहेको छ ।