कर्णालीका मुख्यमन्त्रीको सम्पत्ति- सुन, जग्गा र रकम कति ?


सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माको सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । मुख्यमन्त्री शर्माले आइतबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको वेबसाइमार्फत सम्पत्ति विवरण सार्वजनिक गरेका हुन् ।
कर्णालीका मन्त्रीहरुको सम्पत्ति सार्वजनिक नभगरेकाे बारे नेपाल प्रेसलमा समाचार आएपछि उनले विवरण सार्वजनिक गरेका हुन् । यद्यपी अन्य मन्त्रीहरुले भने हालसम्म विवरण दिएका छैनन् ।
याे पनि पढ्नुस् : कर्णालीका मन्त्रीहरूले गरेनन् सम्पत्ति विवरण सार्वजनिक
मुख्यमन्त्री शर्माको रुकुमको चौरजहारी नगरपालिका-१४ मा बाबु टीकाराम शर्माको नाममा अन्दाजी ४ देखि ५ रोपनी र रुकुमपश्चिमकै वडा नम्बर २ मा २१२० वर्गमिटर आफ्नो नाममा रहेको उल्लेख छ । यसको स्रोत पैतृक, कृषि आय र सेवा सुविधाबाट प्राप्त भएको उल्लेख छ ।
त्यस्तै, शर्माको अचल सम्पत्तिमा श्रीमती प्रतिभा केसीको नाममा दाङको लमही नगरपालिका– १ मा ३५७२.९१ वर्गमिटर जग्गा रहेको उल्लेख छन् । उक्त जग्गा पैतृक सम्पत्तिबाट आर्जन गरिएको उल्लेख छ ।
मुख्यमन्त्री शर्माले सेवा सुविधाबाट प्राप्त नेपाल बैंक लिमिटेडमा ५ लाख नगद र करिब दुई तोला सुन ससुरालीबाट प्राप्त भएको उल्लेख गरेका छन् ।
साथै, लमही नगरपालिका १ दाङमा कृषि तथा पशुधनमा अन्दाजी ३ लाख लागतमा ६०० बोट ड्रागन फल खेती गरिरहेको र उक्त खेतीबाट बार्षिक १५ देखि १६ लाखसम्म आम्दानी हुने मुख्यमन्त्री शर्माको सम्पत्ति विवरणमा उल्लेख छ ।