१६३ किलो गाँजासहित तीनजना पक्राउ – Nepal Press

१६३ किलो गाँजासहित तीनजना पक्राउ

विराटनगर । सुनसरी, उदयपुर र धनकुटाबाट प्रहरीले १६३ किलो गाँजासहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । सुनसरी, उदयपुर र धनकुटाका तीन जिल्लाका छुट्टाछुट्टै स्थानबाट ठूलो परिणाममा लागू औषध गाँजासहित तीन जनालाई प्रहरीले पक्राउ गरेको हो ।

धनकुटाको साँगुरी गढी गाउँपालिका-८ बाट १०६ केजी गाँजा बरामद भएको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय भेडे टारबाट खटिएको प्रहरी टोलीले सडकमा रोकी राखेको को १ ज १८११ नम्बरको पिकअपलाई चेकजाँच गर्ने क्रममा १०६ केजी गाँजा बरामद भएको कोसी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

त्यस्तै, उदयपुरको कटारी नगरपालिका-१ कालिखोलाबाट प्रहरीले २२ किलो गाँजा बरामद गरेको छ । इलाका प्रहरी कार्यालय कटारीबाट खटिएको प्रहरी टोलीले मिर्चैया नगरपालिका-४ सिराहाका २२ वर्षीय ललित सिंहलाई गाँजासहित पक्राउ गरेको हो । प्रदेश २-०१-००१ प १५२६ नम्बरको स्कुटरमा सवार रहेका सिंहलाई रोकेर चेकजाँच गर्ने क्रममा २२ किलो गाँजा बरामद भएको प्रहरीले जनाएको छ ।

सुनसरीको धरानबाट ४१ केजी गाँजासहित दुई जनालाई पक्राउ परेका छन् । वडा प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले धरान उपमहानगरपालिका-१३ बाट दुई जनालाई पक्राउ गरेको हो ।

धनकुटाबाट धरानतर्फ आउँदै गरेको बा १३ च २६८ नम्बरको कारलाई रोकेर चेकजाँच गर्ने क्रममा गाँजा बरामद भएको थियो ।

कारबाट गाँजा बरामद भएसङै कार चालक धरान-१६ का ४० वर्षीय सुकेन्द्र लिम्बु र कारमा सवार रहेका पाख्रिवास ९ धनकुटा घर भई धरान १७ बस्दै आएका २८ वर्षीय नवीन राई पक्राउ परेको कोसी प्रदेश प्रहरी कार्यालयले जनाएको छ । गाँजा सहित पक्राउ परेकाहरूको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर