बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

२०७९ फागुन २१ गते ११:३५

काठमाडौं । साताको पहिलो दिन आइतबार सुनको मूल्य ३ सय रुपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन तोलाको तीन सय रूपैयाँले बढेर १ लाख २ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
शुक्रबार छापावाल सुनको प्रतितोला १ लाख २ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।
यसैगरी तेजावी सुनको मूल्य १ लाख २ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि शुक्रबार तेजावी सुन तोलाको १ लाख २ हजार रुपैयाँ तोकिएको थियो ।
आज चाँदीको मूल्य १० रुपैयाँले बढेको छ। संघका अनुसार १ हजार २ सय ७५ रुपैयाँ कारोबार भएको छ।
प्रतिक्रिया
सम्बन्धित खवर