कफी शपको छैटौँ तलाबाट हाम फालेका थिए माधव नेपालका भाइले (भिडिओ)


काठमाडौं । नेकपा एसका अध्यक्ष माधव कुमार नेपालका भाइ सरोज कुमार उपाध्यायले शंखमुलस्थित एक रेष्टुरेन्टको छैटौँ तलाबाट हाम फालेको खुलेको छ । उपाध्यायकाे उपचारका क्रममा निधन भएकाे उनका भान्जा नितेश पौडेलले पुष्टि गरेका छन् ।
काठमाडौंको शंखमुलस्थित बबिन्स कफी नामक रेष्टुरेन्टको छैटौँ तलाको झ्यालबाट उनी खसेको रेष्टुरेन्ट सञ्चालक रञ्जित कुमार यादवले बताएका छन् । उपाध्याय केही दिनदेखि नियमित रूपमा बिहान साढे १० बजेतिर आउने र कफी अर्डर गर्ने गरेका थिए ।
काठमाडौं प्रहरीका प्रमुख एसएसपी दानबहादुर कार्कीले कफी शपको छैटौँ तलाबाट खसेको भन्दै त्यसबारे विस्तृत अनुसन्धान हुन बाँकी रहेको बताए । उपाध्यायको अवस्था निकै जटिल रहेको तर अस्पतालले नै आधिकारिक जानकारी दिने कार्कीले बताए ।
कफी शपका सञ्चालक यादव अनुसार तीन दिनदेखि उपाध्याय त्यहाँ जाने गरेका थिए । उनी जहिले पनि छतमै बस्ने गरेको भन्दै आज एक्कासि हाम फालेको बताए । उनले रेष्टुरेन्टको एम्बियस राम्रो लागेर आउने गरेको बताएका थिए ।
तस्बिरहरु : उमेश कार्की