ग्लोबल टुरिजम प्रमोसन काउन्सिलले होली तथा ला टोमाटिनो फेस्टिभल आयोजना गर्ने – Nepal Press

ग्लोबल टुरिजम प्रमोसन काउन्सिलले होली तथा ला टोमाटिनो फेस्टिभल आयोजना गर्ने

काठमाडौं । ग्लोबल टुरिजम प्रमोसन काउन्सिलले होलीको अवसरमा होली तथा ला टोमाटिनो फेस्टिभल आयोजना हुने भएको छ ।

आयोजकले राजधानीमा एक पत्रकार सम्मेलन आयोजना गर्दै सो कार्यक्रम बारे जानकारी गराएको हो । यस किसिमका कार्यक्रमले नेपाली संस्कृतिसँगै विदेशी संस्कृतिको आदान प्रदान गर्न मद्दत गर्ने काउन्सिलका अध्यक्ष धर्मेन्द्र सापकोटाको भनाई रहेको छ ।

ला टोमाटिनो फेस्टिभल स्पेनमा आयोजना हुने प्रख्यात पर्व हो । ला टोमाटिना फेस्टिभल नेपालमा मनाइने होली जस्तै पर्व हो यधपि यस फेस्टिभलमा रङ तथा पानीको विकल्पमा पाकेको टमाटर प्रयोग गरिने गरिन्छ ।

आयोजकले टोमाटिनो फेस्टिभलका लागि आवश्यक टमाटर सिधै किसानबाट खरिद गर्ने जनाएको छ ।

फेस्टिभलमा महिला कबड्डीको पनि आयोजना गरिने आयोजकको भनाई छ ।

कार्यक्रम फागुन २२ गते होलीका दिन नेपाल स्काउट लैनचौरमा दिनको १२ बजेबाट शुरु हुनेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर