पार्टी विभाजनपछि नेकपा एसमै रहेको स्थानीय तह कर्मचारी संघ एमालेमा समाहित


काठमाडौं । नेकपा एमाले विभाजनपछि नेकपा एसमा रहेको स्थानीय तह कर्मचारी संघ एमालेमा समाहित भएको छ । शनिबार काठमाडौंमा आयोजित वृहत भेला तथा प्रशिक्षण कार्यक्रममा अध्यक्ष हरिकुमार श्रेष्ठसहित सिंगो संगठन एमालेमा समाहित भएको हो ।
अध्यक्ष केपी शर्मा ओली, महासचिव शंकर पोखरेल,उपमहासचिव विष्णु रिमाल लगायतका नेताहरुले स्थानीय तह कर्मचारी संघले सही मार्ग समातेको भन्दै नेताहरुलाई एमालेमा स्वागत गरे ।
पार्टी विभाजनपछि पेशागत महासंघ र निजामति कर्मचारी संगठन विभाजन भए पनि स्थानीय तह कर्मचारी संघ भने विभाजन भएको थियो । संघको नेतृत्वमा रहेका हरिकुमार श्रेष्ठसहित अधिकांश पदाधिकारी नेकपा एसमा थिए ।
अब स्थानीय तह कर्मचारी संघको नेकपा एससँग कुनै सम्बन्ध नरहेको र सिंगो संगठनले सर्वसम्मतिमा एमालेनिकट पेशागत महासंघमा आबद्ध हुने निर्णय गरेको काठमाडौं महानगरपालिका कर्मचारी संगठनका अध्यक्ष शम्भु बरालले बताए ।
स्थानीय तह कर्मचारी संघ राष्ट्रिय कमिटीका अध्यक्ष हरिकुमार श्रैष्यठ, काठमाडौं महानगरपालिका अध्यक्ष शम्भु बराल, उपाध्यक्ष तेज बडालसहितको नेताहरु प्रेमल खनाल नेतृत्वको पेशागत महासंघ छाडेर बाबुराम थापा नेतृत्वको महासंघमा समाहित भएको घोषणा गरिएको हो ।