प्युठानमा मिसन ग्रासरूटमा जान लागेका एमाले नेता थापाको दुर्घटनामा मृत्यु, आचार्य घाइते


रुपन्देही । प्युठानको माण्डवी गाउँपालिका-५ आपचौरमा भएको दुर्घटनामा मिसनग्रास रूटमा हिँडेका नेकपा एमाले जिल्ला कमिटी सदस्य रामबहादुर थापा गोपालको मृत्यु भएको छ ।
बाटोमा काम गरिरहेको जेसिबी र थापा सवार मोटरसाइकल ठोक्किएर दुर्घटना भएको थियो ।
मोटरसाइकल चलाइरहेका ४२ वर्षका थापा ऐरावती-२ निवासी हुन् । मोटरसाइकलको पछाडि बसेकी ऐरावती-२ कि वसन्ता भुसाल आचार्य घाइते भएकी छन् । भुसालको विजुवारस्थित जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।
आपचौरमा बाटोको काम गरिरहेको ना. १ क. ३४१६ नम्बरको जेसिबी र बरौलाबाट भालुवाङतर्फ आउँदै गरेको लु२१प ६२१९ नम्बरको मोटरसाइकल ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।
एमाले प्युठानका जिल्ला कमिटी सदस्यद्वय थापा र भुसाल मिसन ग्रास रुट कार्यक्रमका लागि सरुमारानी-२ रानिबगरमा आयोजना भएको वडास्तरीय कार्यक्रममा सहभागी हुन जाँदै थिए।
दुर्घटनापछि कार्यक्रम स्थगित गरिएको एमाले सरुमारानी पालिका कमिटीका सचिवालय सदस्य जागेश्वर पोख्रेलले जानकारी दिए।