विश्वकपमा स्थान बनाएर घर फर्कियो युवा क्रिकेट टोली (तस्बिरहरु)
२०७९ फागुन १९ गते १९:४३

काठमाडौं । आगामी वर्ष श्रृलंकामा आयोजना हुने आईसीसी यू-१९ विश्वकपमा स्थान बनाएर नेपाली टाेली स्वदेश फर्किएको छ ।
दुबईमा सम्पन्न छनोट खेलमा लगातार जित निकालेको नेपालले अन्तिम तथा महत्वपूर्ण खेलमा घरेलु टिम यूएईविरुद्ध ७ रनको रोमाञ्चक जित निकाल्दै ८ वर्षपछि विश्वकपमा स्थान बनाएको थियो ।
दुबईमा च्याम्पियन बनेको नेपाली टीम आज साँझ ६ बजे फ्लाई दुबईको जहाजबाट नेपाल फर्किएको हो ।
प्रतिक्रिया
सम्बन्धित खवर