सेल्टरदाता भेट्न विराटनगरका टोल टोलमा एमाले नेता – Nepal Press

सेल्टरदाता भेट्न विराटनगरका टोल टोलमा एमाले नेता

विराटनगर । भूमिगत कालमा पार्टीका नेताहरूलाई सेल्टर दिने सेल्टर दाताहरूको विराटनगरमा खोजी अभियान सुरु भएको छ ।

विभिन्न जिल्लाबाट विराटनगरमा आएर बसेका र पार्टीमा नजोडिएका सेल्टर दाताहरूलाई नेकपा एमाले विराटनगरले खोजी अभियान सुरु गरेको हो ।

मिसन ग्रासरुट अभियान अन्तरगत सेल्टरदाता महानगरपालिका भित्र बसोबास गरेकाले सेल्टरदाताहरूलाई सम्मान गर्न खोजी अभियान सुरु गरिएको एमाले विराटनगर महानगरका अध्यक्ष सागर थापाले बताए ।

उनले धेरै जिल्लाबाट आएर विराटनगरमा सेल्टरदाताहरूलाई बस्नु भएको छ । ‘उहाँहरू पार्टीमा जोडिसक्नु नभएको पनि हुन सक्छ’, थापाले भने, पार्टी र नेतालाई अफ्ठेरो अवस्थामा सहयोग गर्नेहरूलाई पार्टीले सम्मान गर्छ ।’

महानगरसँग सबैको रेकर्ड छैन । रेकर्ड राख्न र अवस्था पत्ता लगाउन पनि सेल्टरदाता खोजी अभियान थालिएको हो ।
उनले महानगर पालिकामा बस्ने सबैभन्दा बढी कर तिर्नेहरूलाई पनि महानगरले सम्मान गर्ने बताए । यसका लागि पार्टीले बढी कर तिर्नेहरूको पनि नामावली सङ्कलन थालेको बताए ।

मिसन ग्रास रुट अभियान अन्तरगत महानगरले जेष्ठनागरिक राष्ट्रका लागि योगदान दिने बिभिन्न क्षेत्रका नागरिकलाई समेत सम्मान गर्ने बताए ।

ग्रासरुट अभियान अन्तर्गत विराटनगर महानगरको वडा नम्बर ५ र १२ नम्बरमा विस्तारित भेला र प्रशिक्षण कार्यक्रम समेत सम्पन्न भएको छ ।

मोरङमै ग्रास रुट अभियान अन्तर्गत कोसी प्रदेशका बिभिन्न पालिकाहरूमा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । मोरङको सुन्दर हरै चा नगरपालिकामा अखिल नेपाल महिला सङ्घका कार्यकर्ताहरूलाई प्रशिक्षण दिइएको छ ।

एमाले केन्द्रीय सदस्य मेनका काफ्ले, अनमेसंघ केन्द्रीय सदस्य धना तामाङ, एमाले सुन्दर हरै चा नगरपालिकाका अध्यक्ष मातृका ढकाल, अनेम संघ मोरङ अध्यक्ष टिका भट्टराई चापागाईँले प्रशिक्षण दिएका छन् । प्रशिक्षण कार्यक्रममा नगर स्तरीय कार्यकर्ताहरूको सहभागिता रहेको थियो ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर