गायक रमणको ‘मुखै चिलाउनी’मा पुष्पसँग रोमान्स गर्दै गीता (भिडिओ)


काठमाडौँ । गायक रमण रेग्मीको ‘मुखै चिलाउनी’ बोलको गीतको भिडिओ रिलिज भएको छ । गायक रमण र अस्मिता अधिकारीको स्वर रहेको मुखै चिलाउनीमा शब्द तथा संगीत संगीतकार दीपक शर्माको रहेको छ ।
नरेन्द्र बियोगीको एरेन्ज रहेको सार्वजनिक गीतमा पछिल्लो पुस्ताका चर्चित नायक तथा मोडल पुष्प खड्का र टिकटकबाट चर्चा कमाएकी सुन्दरी मोडल गीता ढुंगानाको प्रेम रोमान्स देख्न सकिन्छ ।
केशव राज भट्टको कोरियोग्राफी तथा निर्देशनमा तयार मुखै चिलाउनी एक प्रेमील जोडीको रोमान्टिक प्रेम कहानी हो भन्न रुचाउँछन् गायक रमण । प्रेममा डुबेर खुशी खुशी जिन्दगी बिताउन चाहने प्रेमील जोडीको छमछम नचाउने गीतलाई दर्शकले निकै माया दिने कुरामा गायक रमण आशावादी छन् ।
उनले भने, ‘निकै नै मेहेनतका साथ यो भिडियो दर्शक स्रोताको माझमा ल्याएका छौँ जुन हेरेर सुनेर दर्शकले प्रतिक्रिया दिनुहुनेछ भन्ने कुरामा विश्वस्त छु ।’
काभ्रे जिल्लामा जन्मिएर काठमाडौंको कोटेश्वरमा हुर्किएका गायक रमणका घर त लगनखेल रिमेक, खुला जमिन, मेसो पाछैन, हामी जनतालाई धेरै गाह्रो छ, नेपालै जाउँ जाउँ लाग्छ, लगायतका गीतका भिडियोहरु बजारमा आइसकेका छन् ।
जसले राम्रो चर्चा समेत बटुलेका थिए । गायक रमणको पछिल्लो र निकै नै आशा गरिएको मुखै चिलाउनीको भिडिओ उनकै अफिसियल युट्युब च्यानल रमण रेग्मीबाट बजारमा आएको हो । भिडिओको निर्माण सबिना कुँवर रेग्मीले गरेकी हुन् ।
भिडिओ