कुशलको विकेटमा नेपाललाई चौथो सफलता – Nepal Press

कुशलको विकेटमा नेपाललाई चौथो सफलता

काठमाडौं । यूएईमा जारी आईसीसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत त्रिदेशीय एकदिवसिय शृंखलाको तेस्रो खेलमा नेपालले चौथो सफलता प्राप्त गरेको छ ।

दबई अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा टस हारेर पहिला फिल्डिङको निम्तो पाएको नेपालले विकेटका लागि संघर्स गर्नु परेको थियो । २३औं ओभरमो अन्तिम बलमा कुशल मल्लले कप्तान भालाको विकेट लिएसँगै पीएनजीको मध्यक्रम धरापमा परेको छ ।

पाओर प्लेमा विकेटबिहिन भएको नेपालका लागि सन्दीप लामिछानेले आफ्नो स्पेलको पहिलो ओभर बलिङ गर्दै १०.३ ओभरमा ओपनर किप्लिन डोरिगालाई आउट गर्दै नेपाललाई पहिलो सफलता दिलाएका थिए ।

तेस्रो नम्बरमा क्रिजमा आएका सेसे बाउ कुशलको बलमा आसिफ शेख बाट रन आउट भए । टोनी उरालाई सोमपाल कामीले आउट गरेसँगै पीएनजी २५ ओभरको समाप्तिमा ९९-४ को स्थितीमा छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *