नेपाललाई पहिलो सफलता, सन्दीपले तेस्रो बलमै लिए विकेट

२०७९ फागुन १९ गते १२:४२

काठमाडौं । विश्वकप लिग २ अन्तरगतको खेलमा पपुवा न्यूगिनीविरुद्ध नेपाललाई पहिलो सफलता मिलेको छ । स्पिनर सन्दीप लामिछानेले पहिलो विकेट लिएका हुन् ।
पहिलो विकेटका लागि पपुवा न्यूगिनीका ब्याट्सम्यानहरुले गरेको ४२ रनको साझेदारी सन्दीपले तोडे । २६ रन बनाएर खेलिरहेका किप्लिन डोरिगालाई सन्दीपले एलबी डब्ल्यूको धरापमा पारेका छन् ।
आफ्नो पहिलो ओभरको तेस्रो बलमै सन्दीपले विकेट लिएका हुन् ।
प्रतिक्रिया
सम्बन्धित खवर