ब्याजदर घटाउन सुदूरपश्चिम मुख्यमन्त्री कार्यालय बाहिर व्यापारीको धर्ना, १ घण्टा सडक अवरुद्ध – Nepal Press

ब्याजदर घटाउन सुदूरपश्चिम मुख्यमन्त्री कार्यालय बाहिर व्यापारीको धर्ना, १ घण्टा सडक अवरुद्ध

कैलाली । बैंकहरूले दिइरहेको चर्को ब्याजदर घटाउन माग गर्दै सुदूरपश्चिम प्रदेको मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय बाहिर उद्योगी व्यापारीहरूले धर्ना दिएका छन् ।

केही दिनदेखि गरिरहेको आन्दोलनका बिषयमा प्रदेश सरकारले पनि चासो नदिएको भन्दै उनीहरुले मुख्यमन्त्री कार्यालय अगाडि बसेर धर्ना दिएका हुन् ।

बिहान ११ बजे सम्म यहाँका सबै व्यापार बन्द गरेर आन्दोलनमा उत्रिएका व्यापारीहरूले आज बिहान १० देखि ११ बजे सम्म मुख्यमन्त्री कार्यालयको अगाडी धर्ना दिँदै सडक समेत अवरुद्ध गरेका थिए ।

आज बिहान ९ बजे धनगढी चौराहाबाट निकालिएको र्‍याली मुख्यमन्त्री कार्यालयमा पुगेर कोष सभामा परिणत भएको थियो । कोष सभामा उद्योगी व्यवसायीहरूले तत्काल ब्याजदर घटाउन माग गरेका थिए ।

भोलिबाट थप आन्दोलन सशक्त पारिने कैलाली उद्योग वाणिज्य सङ्घले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर