स्ववियु चुनावका लागि शेखर-गगन समूहबाट नेविसंघका बेग्लै प्रतिनिधि खटिए, कीर्तिपुरमा दुई पक्षको झडप – Nepal Press

स्ववियु चुनावका लागि शेखर-गगन समूहबाट नेविसंघका बेग्लै प्रतिनिधि खटिए, कीर्तिपुरमा दुई पक्षको झडप

काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघका अध्यक्ष दुजाङ शेर्पाको राजीनामा माग्दै आएको शेखर-गगन समूहले स्वतन्त्र विद्यार्थी युनियनका लागि बेग्लै केन्द्रीय प्रतिनिधि खटाएको छ । केही दिनअघि नेपाल कमर्स क्याम्पसमा शेर्पाकै उपस्थितिमा शेखर-गगन समूहका विद्यार्थीहरूको भेला बिथोलिएको थियो ।

फागुन १७ गत बसेको नेविसंघका नेताहरूको बैठकले काठमाडौं उपत्यकाभित्रका ३५ वटा क्याम्पसमा स्ववियु निर्वाचन प्रयोजनका लागि संगठन दर्तालगायतका काम गर्न केन्द्रीय प्रतिनिधि खटाएको हो । जस अनुसार त्रिभुवन विश्वविद्यालय किर्तिपुरमा प्रवीण कैनीलाई खटाइएको थियो ।

संस्थापन पक्षले कैनीलाई रोक्ने क्रममा बिहीबार विश्वविद्यालयमा नेविसंघका दुई पक्षबीच झपड हुँदा विद्यार्थी नेता शिव रिमाल गम्भीर घाइते भएका छन् । अध्यक्ष शेर्पाले गुण्डा लगाएर कुटाएको आरोप शेखर गगन समूहका नेताहरुको छ ।

सो समूहले पद्मकन्यामा करिना पुरी, त्रिचन्द्रमा सुवास पौडेल, शंकरदेवमा विष्णुहरी खड्कालगायतका विद्यार्थी नेताहरूलाई केन्द्रीय प्रतिनिधिका रूपमा खटाएको छ । चैत ५ मा हुने स्ववियु चुनावका मुखमा नेविसंघमा विवाद देखिएपछि पार्टीले हस्तक्षेप गर्ने भएको छ ।

यस्तो छ शेखर गगन समूहले खटाएको केन्द्रीय प्रतिनिधिको सूची

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर