प्रदेश १ सभामा नामको विषयमा मत विभाजन हुँदै, पत्रकारलाई बाहिर निकालियो

२०७९ फागुन १७ गते २१:१७

विराटनगर । प्रदेश १ को नामकरणका विषयमा मत विभाजन हुँदा पत्रकारहरुलाई प्रदेश सभा भवनबाट बाहिर निकलिएको छ ।
यसअघि प्रदेश १ को राजधानीको टुंगो लगाउन भएको मत विभाजनमा भने पत्रकारहरुलाई प्रवेश दिइएको थियो ।
नामकरणको विषयमा संसदहरुले मतदान गर्दा पत्रकारहरुलाई संसद भवनबाट बाहिर निकालिएको हो । संघीय संसदमा पनि मत विभाजन हुँदा पत्रकारलाई तोकिएको स्थानमा बस्न अनुमति दिने गरिएको छ । प्रदेश १ प्रदेश सभामा अहिले कोसीको नाममा मत विभाजन भइरहेको छ ।
नेपाल पत्रकार महासघ प्रदेश १ अध्यक्ष लिला बल्लब घिमिरेले पत्रकारलाई बाहिर निकालिएकोप्रति आपत्ति जनाए ।
प्रतिक्रिया
सम्बन्धित खवर