भीम रावलको प्रश्न- राजनीतिमा लाजहीन र तरकारीमा विषादीको परीक्षण नगर्ने सरकारको नीति कसरी एकैपटक ?


काठमाडौं । नेकपा एमालेको नेता भीम रावलले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले भारतबाट आउने तरकारीको बिषादी परिक्षण नगर्ने निर्णयप्रति असन्तुष्टि जनाइका छन्।
उनले राजनीतिमा लाजहीन नीति र भारतबाट आयातित तरकारीमा विषादीको परीक्षण नगर्ने भन्ने सरकारी नीति एकै पटक प्रकट हुनुको रहस्यप्रति आशंका व्यक्त गरेका छन्।
उनले ट्वीटरमा लेखेका छन्, ‘राजनीतिमा लाजहीन नीति र भारतबाट आयातित तरकारीमा विषादीको परीक्षण नगर्ने भन्ने सरकारी नीति एकै पटक प्रकट हुनुको रहस्य के रहेछ। राज्य र राजनीतिको बागडोर समाएकाहरूको देश र जनतामाथिको खेलबाड आपत्तिजनक छ।’
नेता रावलले देश र जनतामाथि भएको खेलबाड आपत्तिजनक रहेको उल्लेख गरेका छन्।