प्रदेश १ : किराँत लिम्बुवान सगरमाथा समाजवादीको आधिकारिक प्रस्ताव होइन


विराटनगर । प्रदेश १ को नाम किराँत लिम्बुवान सगरमाथा राख्ने प्रस्ताव निर्णय पार्टीको आधिकारिक नभएको एकीकृत समाजवादीले जनाएको छ ।
एकीकृत समाजवादीका संसदीय दलका नेता राजेन्द्र राईले लिम्बुवान किराँत सगरमाथा प्रस्ताव दर्ता गराएका छन् ।
जसपाका निर्मला लिम्बू समर्थक रहेको प्रस्ताव समाजवादीको आधिकारिक नभएको एक पोलिटब्यूरो सदस्यले नेपाल प्रेसलाई बताए ।
समाजवादी प्रदेश १ संसदीय दलका नेता राजेन्द्र राईले शीर्ष नेताहरुको असहमति हुँदाहुँदै पनि प्रस्ताव दर्ता गराएको ति नेताले बताए ।
समाजवादीका अध्यक्ष माधव नेपालले १ वर्ष अघि धरानमा भएको कार्यक्रममा प्रदेश १ को नाम कोशी रहनुपर्ने बताएका थिए ।