२८ उपसचिवको पदस्थापनमा २४ नपाका प्रमुख प्रशासकीय अधिकृत फेरिए


काठमाडौं । सरकारले २८ जना उपसचिवको पदस्थापन गर्दा २४ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत फेरिएका छन् ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले राजपत्राङ्कित द्वितीय श्रेणी, उपसचिव वा सोसरहको पदमा बढुवा भएका कर्मचारीलाई पदस्थापन तथा कामकाजमा खटाउने क्रममा २४ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत फेरिएका हुन् ।
मन्त्रालयका अनुसार सुर्खेतको पञ्चपुरी नपाको प्रमुख प्रशासकीय अधिकृतमा बाबुकृष्ण ढकाल, जुम्लाको चन्दननाथमा सीताराम खड्का, धनकुटाको धनकुटामा मुक्तिनाथ सुवेदी, कपिलवस्तुको कपिलवस्तु नपामा राजेश्वरी खत्री, दार्चुलाको महाकालीमा धर्मराज न्यौपाने, बैतडीको पाटनमा ओमप्रसाद पाण्डे, दाङको लमहीमा अर्जुनबहादुर थापालाई प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिइएको छ ।
यस्तै बाजुराको बुढीगंगामा पदमलाल लामिछाने, रौतहटको चन्द्रपुरमा किरणनिधि तिवारी, बर्दियाको ठाकुरबाबामा माधवप्रसाद अधिकारी, सर्लाहीको हरिपूर्वामा बसन्त न्यौपाने, खोटाङको हलेसी तुवाचुङमा कैलाशबहादुर ठकुराठी र कैलालीको लम्कीचुहामा जगदीश अर्याललाई प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिइएको छ ।
दैलेखको आठबीसमा लोकप्रसाद रेग्मी, चितवनको राप्तीमा जीतबहादुर भण्डारी, धनकुटाको पाख्रिबासमा नारायणप्रसाद भट्टराई, गोरखाको गोरखामा कमलप्रसाद पुन, डडेल्धुराको परशुराममा पदमप्रसाद आर्याललाई प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिइएको छ ।
त्यस्तै मोरङको रतुवामाईमा नारायण न्यौपाने, अछामको साफेबगरमा डुबिन्द्रप्रसाद बराल, डोटीको शिखरमा पुरुषोत्तम घिमिरे, कैलालीको गोदावरीमा अश्विनकुमार पोखरेल, सल्यानको शारदामा पवनराज कोइराला र झापाको मेचीनगरमा महेन्द्र विश्वकर्मालाई प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिइएको छ ।
बाँकी चार जना उपसचिवको भने अख्तियार, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र जिल्ला समन्वय समितिमा पदस्थापन गरिएको छ । जसमा जीवनचन्द्र राईको अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा, दीपकप्रसाद न्यौपानेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय बागमती प्रदेशमा, दत्तराज हमालको जिल्ला समन्वय समिति बाँकेमा र कृष्णप्रसाद पौडेलको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय गण्डकी प्रदेशमा पदस्थापन भएको छ ।