रास्वपाको निर्वाचन चिन्ह्र संशोधन, हटाइयाे गोलाकार


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को निर्वाचन चिह्नमा सामान्य परिवर्तन गरिएको छ । गोलाकारभित्रको घण्टी रहेकोमा गोलाकार हटाएर घण्टी मात्र राखिएको हाे । यसअघि गोलाकारभित्र घण्टी चिन्ह्र थियो ।
प्रवक्ता मुकुल ढकालले बुधबार विज्ञप्ति जारी गर्दै पार्टीको निर्वाचन चिन्ह औपचारिक रुपमा संशोधन भएको बताए ।
विज्ञप्तिमा भनिएको छ,‘पार्टीले निर्वाचन आयोगमा पेश गरेको पार्टीको विधानको अनुसूची २ मा रहेको साविक चुनाव चिन्ह सम्बन्धी व्यवस्थामा परिवर्तन गर्न पेश गरेको संशोधन प्रस्तावलाई आयोगको मंगलबार बसेको बैठकले स्वीकृत गरेसँगै अब पार्टीको चुनाव चिन्ह ‘घण्टी’कायम भएको जानकारी सम्बन्धित सबै सरोकारवालाहरुलाई गराउँदछौं ।’