मन्दिरबाट मूर्ति चोर्नेलाई पक्राउ गर्न नसकेको भन्दै चक्का जाम


जनकपुरधाम । धनुषाको क्षिरेश्वरनाथ नगरपालिका १ रमदैयास्थित राजदेवी मन्दिरबाट चाँदीको मूर्ति र गरगहना चोरी गर्नेलाई प्रहरीले पक्राउ गर्न नसकेको भन्दै चक्का जाम गरिएको छ ।
मन्दिरका पुजारी र स्थानीयवासीले रमदैया (जनकपुर- ढल्केवर सडक) मा चक्का जाम गरेका हुन् । उनीहरू सडकमा बसेर चक्का जाम गरेपछि सयौँ सवारी अलपत्र परेका छन् ।
फाल्गुन १३ गते राति मन्दिरबाट राजदेवी माताको मूर्ति, थाल, गहना, मुकुटलगायत चाँदीका सबै समान हतियारधारी चोरीहरूले चोरी गरेर लगेका छन् ।
यसअघि चार पटक मूर्ति चोरी भइसकेको छ । यो घटनामा संलग्न चोरहरूको अनुहार सीसीटीभी क्यामेरामा कैद भएपनि प्रहरीले पक्राउ गर्न नसकेपछि बाध्य भएर आन्दोलन गर्नुपरेको मन्दिरका पुजारी धिरज यादवले बताए ।