५ सय रुपैयाँले बढ्यो सुनको मूल्य

२०७९ फागुन १७ गते ११:१४

काठमाडौं । आज सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज बजारमा छापावाल सुनको मूल्य ५ सय रुपैयाँले बढेर १ लाख २ हजार ३ सय रुपैयाँ कायम रहेको छ ।
अघिल्लो दिन मंगलबार १ लाख १ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै तेजाबी सुन प्रतितोला १ लाख १ हजार ८ सय रुपैयाँ पुगेको महासंघले जनाएको छ ।
बुधवार चाँदी १५ रुपैयाँले बढेर १ हजार २ सय ७० रुपैयाँ कायम रहेको छ ।
प्रतिक्रिया
सम्बन्धित खवर